दफा ३१९
गुठी दर्ता गर्न इन्कार गर्न सकिने

(१) दफा ३१८ मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको अवस्थामा पञ्जिकाधिकारीले गुठी दर्ता गर्न इन्कार गर्न सक्नेछ:–
(क) दफा ३१६ बमोजिमको विवरण, कागजात तथा दस्तुर उल्लेख वा दाखिला नभएमा,
(ख) गुठीको नाम त्यस्तो गुठी दर्ता हुनुभन्दा अगाडि नै दर्ता भइसकेको अन्य कुनै गुठीको नामसँग मिल्नेभएमा,
(ग) गुठीको उद्देश्य वा शर्त सार्वजनिक हित, सदाचार, शिष्टाचार वा सार्वजनिक व्यवस्था (पव्लिक अर्डर) कोकारणले अनुपयुक्त वा अवाञ्छित देखिएमा, कानूनसम्मत नभएमा वा अनिश्चित वा अस्पष्ट भई कार्यान्वयन गर्नसम्भव नहुने भएमा ।
(२) उपदफा (१) बमोजिम कुनै गुठी दर्ता नहुने भएमा पञ्जिकाधिकारीले त्यसको कारण खुलाई पैँतीस दिनभित्र निवेदकलाईजानकारी दिनु पर्नेछ ।
(३) उपदफा (२) बमोजिम जानकारी प्राप्त भएपछि निवेदकले आवश्यक कुरा सच्याई पुनः गुठी दर्ता गर्न निवेदन गरेमा त्यसरीनिवेदन परेको पन्ध्र दिनभित्र गुठी दर्ता गरी दफा ३१८ को उपदफा (१) बमोजिम गुठी दर्ताको प्रमाणपत्र दिनु पर्नेछ।